हाम्रो कोरोना निकास रणनीति

हाम्रो कोरोना निकास रणनीति

सुखद कुरो: कोरोनाबाट ढीलो चाँडो त्राण अवश्यंभावी छ। अप्रिय कुरो:सायद तपाईं हामीले सोचे जति छिटो हुने छैन।अन्तर्राष्ट्रीय समन्वयको अभावले गर्दा प्रत्येक राष्ट्रको आफ्नै योजना हुनेछ ।त्यसैले हामीले के गर्नु पर्छ,धेरै हदसम्म भारतको रणनीति हेरेर निर्णय लिनु पर्छ।तर पनि हाम्रो सरकार,यसका सल्लाहकार र कोरोनाको स्थिति अध्ययन गरिरहेका अधिकारीहरुले त्यो रणनीति कस्तो हुने,हामी कति पर्खने,रणनीतिले काम नगरेको खण्डमा हाम्रो विकल्प  के हुने भनेर गम्भीर बहस र घनीभूत छलफल चलाउँन ढीला भै सक्यो। नत्र हामी ठूलो  स्वास्थ्य संकट संगसंगै आर्थिक अनर्थबाट गुज्रन बाध्य हुनेछौं।

लकडाउन हाम्रो अल्पकालिन नीति हो। तपाईं हामीले सुन्दै आएको संक्रमणको वक्ररेखालाइ सकेसम्म बंग्याउँनलाई।यो दीर्घकालिक रणनीति होइन।लकडाउन धेरै लामो भयो भने यसले आर्थिक,सामाजिक र मानसिक विनाश निमंत्रित गर्छ।परस्पर विरोधी देखिने यी दुइ विचारको सन्तुलन, संक्रमणको वक्ररेखालाइ पनि सकेसम्म बंग्याउँने र लकडाउन पनि  अन्त्य गर्ने,यो नै अहिलेको सर्वाधिक कठिन कार्य हो।

खोप वा निको पार्ने औषधि भए ती कार्य सहज हुन्थे तर ती कम्तिमा ६-१८ महिना परका कुराहुन,सफल भए पनि।

हाम्रो ठूलो जनसंख्या यो सिजनमा संक्रमणबाट बच्यो भनेपनि अर्को शरद/हिउँदमा आक्रान्त हुने प्रवल संभावना छ।त्यसैले हाम्रो निकास पनि यसै संभावनालाइ केन्द्रमा राखेर निर्माण गर्नु पर्छ। मेरो सुझाव तीनखुट्टे छ:

नेपाल र भारतमाँ नयाँ संक्रमण एकदमै कम( सकेसम्मशून्य नजिक )नपुगुन्जेल लकडाउन ,त्यसपछि आक्रामक रोकथाम र नियन्त्रण ।यी तीनलाइ सँगसँगै लानुपर्ने यथार्थ ।

क्षमता अभिवृद्धि:

परिक्षण क्षमतामा व्यापक विस्तार गर्ने। नयाँ संक्रमण तुरन्तै पहिचान गरेर,तिनको संपर्कमा आएका सबैलाई एक्ल्याएर राख्ने प्रणाली विकास गर्ने।

आइसोलेन कक्ष यथेष्ट र तयार अवस्थामा राख्ने।

सघन उपचार कक्षको बेड संख्या थप्ने, उपलब्ध जनशक्तिलाई तालीम दिने।

कति आवश्यक छ,त्यसको लागि विशेषज्ञ कार्यदल गठन गरिहाल्ने।

सबैभन्दा भाइरस-भेध्य(vulnerable) जनसंख्या: वृद्ध र पहिले देखिका बिरामीहरुलाइ जोगाउन विशेष व्यवस्था गर्ने।

स्वास्थ्यकर्मीको एन्टीबडी परिक्षण गरेर कम संक्रमण संभावना भएकालाइ पहिचान गर्ने।

यो सबै गर्दाको मुख्य अभिप्राय सामूहिक रोग प्रतिरोधक क्षमता (herd immunity)विकास गर्ने।एक पटक संक्रमण भएपछि दीर्घकालिक रोग प्रतिरोधक क्षमता विकास हुने/नहुने पूर्ण प्रमाणित नभए पनि त्यसको ठूलो संभावना छ।तर सोचे जस्तो परिस्थिति निर्माण नभए अर्को लकडाउन आवश्यक पर्न पनि सक्छ। हामी लकडाउन र नियन्त्रित खुलापनको विभिन्न चक्रबाट गुज्रनु पर्ने हुन सक्छ।

चीनबाट के सिक्ने?

उहानको लकडाउन जनवरीको २३-मार्चको २३ सम्म चल्यो।५ दिनसम्म लगातार नयाँ संक्रमण नदेखिएपछि लकडाउन खकुलो बनाइयो।तर पनि जनजीवन अझै सामान्य भएको छैन।परिक्षण,संक्रमितको संपर्कमा आएकाको अनुसंधान र सामाजिक दुरी जारी छ। सीमा पूरै बन्द छन्। हामीले चीनकै अवधि लकडाउन गर्न नपर्ला,तर परिक्षण,संक्रमितको संपर्कमा आएकाको अनुसंधान,सामाजिक दूरी र सीमाको सूक्ष्म निगरानी धेरै समयावधिको लागि जारी राख्नु पर्छ।

तत्कालीन रुपमा अन्तर्राष्ट्रीय समन्वय नभए पनि हामीले भारतसँग समन्वय र समझदारीका साथ काम गर्नु पर्छ।अप्रिय लाग्छ तर अनावश्यक घर बाहिर घुम्ने देखि विदेश भ्रमण,अति प्रभावित राष्ट्रबाट आउने माथि सख्त आइसोलेसन र ठूलो समूहमा जम्मा हुने कार्यक्रममा नियन्त्रण (पूजा देखि पर्वसम्म,विवाहदेखि मृत्युसंस्कार सम्म) लामो समय सम्म हाम्रो जीवनका अंग भैरहने छन।

मानक

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )